News

प्रसे विज्ञसि Date:30-05-2022

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मितिः २०७९।०२।१६

प्रेसविज्ञप्ति

यस विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, त्रिभुवन विश्वविद्यालय र National Geographic Society (NGS) को सहकार्यमा सगरमाथाको नेपालतर्फको भागमा ८८१० मीटर उचाइमा अवस्थितBishop Rock मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य मिति २०७९-०१-२६ गते सफलतापूर्वक सम्पन्न गरिएको छ।

सन् २०१९ मा सगरमाथा क्षेत्रमा विभिन्न उचाइमा रहेका पाँच स्थान(फोर्त्से-३८१० मि; सगरमाथा बेस क्याम्प-५३१५ मि; क्याम्प-२- ६४६४ मि; साउथ कोल- ७९४५ मि; र बाल्कोनी- ८४३० मि) मा स्वचालित केन्द्र जडान गरिएको थियो। यसैको निरन्तरता स्वरुप सन् २०२६ सम्म निरन्तर मर्मत सम्भार र तथ्यांक संकलन कार्यको लागि नेपाल सरकार, त्रि.वि. र NGS बीच भएको सम्झौता अन्तर्गत “Return to Everest”Expedition (April – May ,2022) द्वारा चारवटा केन्द्रहरुको मर्मत सम्भार र बाल्कोनी केन्द्रलाई Bishop Rockमा स्थानान्तरण गरिएको हो। उल्लेखित केन्द्रहरुको सञ्जालबाट नियमित रुपमा ती स्थानको तापक्रम, आर्द्रता, वायुमण्डलको चाप तथा हावाको चाप र गतिको तथ्यांक संकलन र तात्कालिक समय (near real-time)मा सम्प्रेषण भइरहेको छ।

http://dhm.gov.np/uploads/getdown/1916492231%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%20%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%AA%E0%A5%8D%E0%A4%A4%E0%A4%BF.pdf

बाढी पूर्वानुमान तथा पूर्वसुचना प्रतिबेदन २०७८ Date:21-03-2022

पररचय
नेपालमा हरेक िर्ा मनसुनको समयमा हुने िर्ााका कारण बाढीर्न्त्य विपद् देचखँदै आरको तथा त्यसबाट विशेर्गरर तराई-मधेशका होचा भूभागहूमा हुने डुबान र नदी कटानका कारण िर्ेनी ठुलो र्नधनको क्षसत हुने गरेको छ। यसको न्त्युनीकरणको लासग बाढी पूिाानुमान र पूिासूचना सेिाको आिश्यकतालाई हृदयगम गरर विभागले विश्व मौसम सिंगठनको सहयोगमा वि. सिं. २०४० साल देचख नै बाढी सम्बन्त्धी अध्ययन कायाहूको थालनी गरेको सथयो। वि. सिं. २०४४ साल देचख नेपाल - भारत सबच समझदारी भइ बाढी  सूचना आदान-प्रदान कायाहूको थालनी भरको सथयो। वि. सिं. २०५० सालमा बाढी भविष्यिाणी शाखा स्थापना भई बाढी भविष्यिाणीको कायाहू गदै आरकोमा वि. सिं. २०७२ सालबाट समुदायमा आधाररत बाढी पूिासूचना सेिाको शुरुिात गरररको सथयो। वि. सिं. २०७५ सालमा बाढी पूिाानुमान महाशाखाको स्थापना गरर यस कायालाई अझ भरपदो, विश् िसनीय र प्रभािकारी बनाउदै लसगरको छ।
 

स्वत प्रकाशन २०७८ कार्तिक पुस Date:08-02-2022

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएकोविवरण

२०७८ कार्तिक-पुस

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

नेपाल सरकार

उर्जा,  जलश्रोत तथा सिचांइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

माघ, २०७८

विषय सूची

1विभागको प्रकृति र स्वरूप

जल, मौसम र जलवायु सम्बन्धी सेवा प्रवाह गर्न स्थापित सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग हो। नेपालमा जल तथा मौसम सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशनको इतिहास धेरै पुरानो छैन।नेपालमा जल तथा मौसम अवलोकन सम्बन्धी कार्य वि.स. १९७८ भन्दा अगाडि देखिनै हुदै आएको भएपनि जल तथा मौसम अवलोकन केन्द्र सञ्जालको विकास र विस्तारको कार्य वि.सं २०१७ देखि संस्थागतरूपमा प्रारम्भ भई विद्युत विभाग अन्तर्गत जलस्रोत सर्वेक्षण ईकाईको गठन भएको थियो। समयक्रम संगै जल, जलवायु र मौसम सम्बन्धी तथ्याङ्कको महत्वपूर्ण भुमिकालाई दृष्टिगत गरी वि.सं. २०२३ देखि जलश्रोत सर्भेक्षण विभाग मातहत जल तथा मौसम सम्बन्धी कार्यहरू हुदै आएका थिए। नेपाल विश्व मौसम संगठनको सदस्यराष्ट्र भएपछि जल तथा मौसम मापन केन्द्रहरूको विकास र विस्तारलाई जोड दिदै विविध प्रकारका जल-मौसमी समेतका सेवा प्रदान गर्ने उद्देश्यले वि.सं. २०२४ सालमा जलस्रोत तथा जलवायु विज्ञान विभागको स्थापना भयो। यो विभाग वि.सं. २०२९ सालमा जलश्रोत मन्त्रालय अन्तर्गत सिंचाई तथा जलवायु विज्ञान विभागको रूपमा परिणत हुदै वि.सं. २०४४ सालमा एक छुट्टै जलवायु विज्ञान विभागको रूपमा रही वि.सं २०५० सालमा जल तथा मौसम विज्ञान विभागकोरूपमा स्थापना भएको थियो। यो जल तथा मौसम विभाग हाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको छ।विभागको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा छ।

http://dhm.gov.np/uploads/getnotice/729425452%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8%20-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AE%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A5%81%E0%A4%B8.pdf

स्वत प्रकाशन -२०७८ असोज Date:09-11-2021

सूचनाको हक सम्बन्धी ऐन२०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएकोविवरण

२०७८ असार- असोज

सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण

नेपाल सरकार

उर्जा,  जलश्रोत तथा सिचांइ मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

http://dhm.gov.np/uploads/getnotice/4010847771Final%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8%20-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AE%20%E0%A4%85%E0%A4%B8%E0%A5%8B%E0%A4%9C.pdf

प्रेस विज्ञप्‍तिः विश्व मौसम दिवस २०२१ Date:23-03-2021

 

मितिः २०७७।१२।१०

 

प्रेस विज्ञप्‍तिः विश्व मौसम दिवस २०२१

 

विश्व मौसम संगठन स्थापना भएको दिन (सन् १९५० को मार्च २३) को स्मरणमा हरेक वर्ष मार्च २३ का दिन नेपाल लगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस (World Meteorological Day) मनाईदै आएको छ । यसै उपलक्ष्यमा जल तथा मौसम विज्ञान विभाग परिवार मौसम तथा जलवायु क्षेत्रमा चासो राख्‍नु हुने सरोकारवालाहरु लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछ|

यस बर्षको विश्व मौसम दिवसको नारा The ocean, our climate and weather रहेको छ, जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ।

पृथ्वीको करिब ७१% भाग समुद्रले ढाकेको छ र मौसम तथा जलवायुको उतार चढावमा यहि समुद्रको ठुलो प्रभाव रहेको छ। विश्वव्यापी रुपमा दिन प्रतिदिन भुमण्डलीय तापमानमा भैरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भैरहेको छ।हिमालका हिउँ पग्लदै गइरहेका छन भने समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ।मौसम प्राणालीहरुको स्वभावमा अस्वाभाविक फेरबदल भइरहेको छ। जसको फलस्वरुप, नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शितलहर, चटयांग जस्ता विषम मौसमी अवस्थाहरुमा बढोत्तरि भैरहेको छ। यस्ता मौसम र जलवायुजन्य विपद्हरुबाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनिकरण हाम्रा लागि प्रमुख चुनौति बनेको छ।

मौसम पूर्वानुमानलाई समय सापेक्ष सहि, भरपर्दो र विश्‍वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आंकलनलाई थप प्रभावकारी बनाउने विषयलाई यस विभागले उच्च प्राथमिकता राखेको व्यहोरा जानकारी गराउँदछौं। विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारण देखि नीति निर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा गरिएको छ।http://www.dhm.gov.np/uploads/getnotice/617053712Press%20Release%20WMO%20Day.pdf

प्रेस विज्ञप्‍तिः विश्व जल दिवस २०२१ Date:22-03-2021

मितिः २०७७।१२।०९

प्रेस विज्ञप्‍तिः विश्व जल दिवस २०२१

सन् १९९३ देखि हरेक बर्ष मार्च २२ तारिखका दिन मनाउन थालिएको विश्व पानी दिवस (World Water Day) यस बर्ष यहि २०७७ चैत्र ०९ गते नेपालमा पनि विविध कार्यक्रमहरु सहित मनाइएको सन्दर्भमा जलश्रोत क्षेत्रमा कार्य गर्ने तथा सरोकार राख्‍ने सम्पूर्ण जनसमुदायमा यस जल तथा मौसम विज्ञान विभाग परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ|

संयुक्त राष्ट्र संघले सन् २०२१ को लागि जल दिवस मनाउन Valuing Water” को नारा तय गरेको छ, जसको मूल ध्येय पानीको बहुआयामिक मूल्य र मान्यतालाई आत्मसाथ गर्नु रहेको छ|

पानीको मूल्य यसको आर्थिक पक्ष भन्दा कैयन गुणा अधिक छ। खानेपानी, घरेलु प्रयोजन, धार्मिक, सांस्कृतिक र पर्यावरणीय जस्ता पानीको हरेक पक्ष मानव जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्‍ने भएकोले कुनै एक आयामलाई मात्र चरितार्थ गर्न खोज्नु जल व्यवस्थापनको हिसाबले जोखिमपूर्ण सावित हुनसक्दछ। तसर्थ संयुक्त राष्ट्र संघले जल क्षेत्रमा क्षमता अभिवृद्धि, नविन आविष्कार, आर्थिक व्यवस्थापन, सुशासन र तथ्यांक तथा सूचना जस्ता कृयाकलापमा सम्पुर्ण राष्ट्रहरुले सन् २०३० सम्ममा ६ औं दिर्घकालिन परिलक्ष्य प्राप्‍तिका लागि आफ्नो कार्यक्रमहरु कार्यान्वयन गतिविधिको रफ्तारलाई ४ गुणाले बढाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।

नेपालको संबिधान, २०७२ ले समेत राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मासाथ गर्दै देशमा उपलब्ध प्राकृतिक श्रोतसाधनको संरक्षण, संवर्धन र वातावरण अनुकुल दिगो रुपमा उपयोग गर्ने साथै जलश्रोतको बहुउपयोगी विकास गर्ने राष्ट्रिय नीति लिएको छ| सन् २०३० सम्म संयुक्त राष्ट्र संघ मार्फत सम्पूर्ण विश्व जगतले लिएको सबैमा स्वच्छ खानेपानी पुर्‍याउने, जलवायु परिवर्तन, जनसंख्या वृद्धि जस्ता कारणहरुले जलश्रोतको उपयोगमा परेको दवाव तथा जल उत्पन्न प्रकोपहरुको नियन्त्रण र व्यवस्थापन गरी समतामूलक विश्व निर्माणको महान लक्ष्य पुरा गर्ने सन्दर्भमा यस दिवसले यस क्षेत्रमा कार्यगर्ने सबैमा थप हौसला र जिम्मेवारी थपिएको यथार्थलाइ यस विभागले आत्मसाथ गरेको छ|  

 

………………….

सुमन कुमार रेग्मी

प्रवक्ता

http://www.dhm.gov.np/uploads/getnotice/478292774Press%20release_DHM_World%20Water%20Day%202021.pdf

 

विशेष मौसम तथा बाढी बुलेटिन मिति: २०७७।०४।११ Date:26-07-2020

 

 

मिति: २०७७।०४।११

 

 

विशेष मौसम तथा बाढी बुलेटिन

 

आगामी मिति २०७७ श्रावण १२ गते अपरान्हबाट श्रावण १६ गते सम्म मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकोले ३-४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा भई प्रदेश नं. ५, गण्डकी, कर्णाली, सुदूर पश्चिम तथा बागमती प्रदेशहरुका केहि स्थानहरुमा तथा प्रदेश नं. १ र २ का थोरै स्थानहरुमा भारी बर्षा भई पहिरो तथा बाढी जोखिम भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ।

http://dhm.gov.np/uploads/getnotice/214882840dhm.1.pdf

प्रेस विज्ञप्ती-मिति २०७७।४।१ Date:16-07-2020

मिति २०७७।४।१

 

प्रेस विज्ञप्ती

 

आगामी २०७७ श्रावण ४ गते बेलुका देखि श्रावण ७ गते सम्म मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागको नजिक आउने सम्भावना रहेकोले उक्त ३ - ४ दिन नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुने सम्भावना रहेको छ।  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का  केहि स्थानहरुमा र सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षा तथा एक दुई स्थानमा अति भारी बर्षा भई बाढि पहिरोको समेत जोखिम हुन सक्ने संभावना रहेको छ। 

 

विशेष गरि, यही श्रावण ५ देखि ८ गते सम्म  प्रदेश १ र २ तथा बागमती र गण्डकी प्रदेशका क्रमश: कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीहरुको जलसतह उल्लेख्य बढ्ने तथा केहिमा सतर्कता तह पार गर्ने सम्भावना रहेको छ। साथै, यी प्रदेशहरुका मध्य पहाडी, चुरे तथा तराई भई बहने स-साना नदीनालाहरूमा श्रावण ९ गते सम्म पनि आकस्मिक बहाव हुने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन हुन अनुरोध छ। 

http://dhm.gov.np/uploads/getnotice/2030594972Full%20page%20photo.pdf

प्रेस विज्ञप्ती Date:10-07-2020

मिति २०७७।३।२६

 

 

प्रेस विज्ञप्ती

 

जल तथा मौसम विज्ञान विभागको केहि दिन अगाडिको आंकलन अनुसार नै हिजो मिति २०७७।३।२५ बाट मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भागको नजिक अवस्थित भएकोले आगामी तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको खासगरी प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरैजसो क्षेत्रहरुमा लगातार बर्षा भई केहि स्थानहरुमा भारी बर्षा समेत हुने सम्भावना रहेको तथा यी प्रदेशहरुका कतिपय स्थानहरुमा Pre-monsoon Season (Mar-May) मा तथा मनसुनको हाल अवधी सम्मको सरदर भन्दा धेरै वर्षा भैसकेकोले यी प्रदेशहरुका पहाडी तथा चुरे भू-भागहरुमा बाढि पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन अनुरोध छ। साथै, कन्काई, कोशी, कमला, बागमती र नारायणी लगायतका प्रमुख तथा मझौला नदीहरूमा उल्लेख्य रुपमा बहाव बढ्ने र केहिमा खतरा तहसम्म पुग्न सक्ने सम्भावना रहेको र यी क्षेत्रका साना र सहायक नदीहरुमा आकस्मिक बहाव समेत हुन सक्ने उच्च सम्भावना रहेको हुँदा डुबान भइरहने तराई, चुरे जस्ता होचो क्षेत्र र नदी तटिय क्षेत्रमा आगामी तीन दिन उच्च सावधानी अपनाउन अनुरोध छ ।http://dhm.gov.np/uploads/getnotice/495750441qw.pdf

प्रेस विज्ञप्ति -२०७७/२/३१ Date:13-06-2020

प्रेस विज्ञप्ति

मिति: २०७७/२/३१

२०७७ सालको मनसुन प्रणाली जेष्ठ ३० गते पूर्वी नेपालमा आगमन भैसकेको र केहि दिनभित्रै देशभरी मनसुन कृयाशील हुने देखिन्छ। यस परिवेशमा विभागबाट जारी हुने २४ घण्टे बाढी सम्बन्धी पूर्वानुमान र पूर्वसूचना सेवा यहि असार १ गतेबाट संचालनमा आउने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराउँदछौं। साथै, मनसुन आपत्कालिन कार्ययोजना -२०७७ बमोजिम असार १ गतेदेखि यस वर्षको मनसुन अवधी भर निम्न सेवाहरु संचालनमा ल्याइनेछ।http://www.dhm.gov.np/uploads/getnotice/18600444932020-13-06.pdf

प्रेसविज्ञप्ती (Amphan Cyclone) Date:20-05-2020

प्रेसविज्ञप्ती

बंगालकोखाडीमा२०७७/०२/०३  साँझविकसितभएकोचक्रवातAMPHANउत्तर-उत्तर-पूर्व(NNE) तर्फअगाडिबढ्नेक्रममाअझशक्तिशाली(Extremely Severe Cyclonic Storm) बन्दैआज(२०७७/०२/०७) अपरान्हपछिभारतकोपश्चिमबंगाल/बंगलादेशकोतटियक्षेत्रहुदैंजमिनमाप्रवेशगर्नेक्रममाछ।यस चक्रवातको पथ (Track) नेपाल भन्दा पूर्वमा रहने अनुमान गरिएको छ।तसर्थ नेपालमायसकोप्रत्यक्षप्रभावनरहेपनियसकोअप्रत्यक्षप्रभावबाटदेशकोखासगरिप्रदेश१, प्रदेश२तथावाग्मतीप्रदेशकोमौसममाआजदेखिआगामी२-३दिनसम्मप्रभावितहुनेछ।यीक्षेत्रका केहिस्थानमावर्षाकोसाथैउच्चहिमालीक्षेत्रमाहिमपातसमेतहुनेसंभावनारहेकोछ।साथैगण्डकीप्रदेशरप्रदेश५काकेहिजिल्लाहरुमाआंशिकदेखिसामान्यबदलीरहनेछ|

http://www.dhm.gov.np/uploads/getnotice/617992561Amphan%20Cyclone.pdf

Appreciation letter Date:06-05-2020

आज हामी सबै COVID-19 को महामारी(pandemic)को बिरुद एक जुट भएका छौ । COVID-19को संक्रमणकोजोखिमबाट सुरक्षित रहन नेपाल सरकारले गत चैत्र ११ गते देखिनै LOCK DOWN लागु गरेको छ ।सम्पूर्ण देश LOCK DOWNको अवस्थामा रहेपनि जल तथा मौसम विज्ञान विभागले आफ्नो महत्वपूर्णजिम्मेवारी निर्वाह गरिरहेको सवैमा विदितै छ । विपद्बाट हुने जनधनको क्षति न्युनिकरणमा मौसम तथा वाढी पूर्वानुमान सेवाको उल्लेखनिय भुमिका रहेको छ। http://www.dhm.gov.np/uploads/getnotice/299263407DG's%20appreciation%20letter%20to%20staffs.pdf

विश्व मौसम दिवस २०२० उपलक्ष्यमा जारी प्रेस विज्ञप्ति Date:23-03-2020

मिति: २३ मार्च, २०२०
 
 
विश्व मौसम दिवस २०२० उपलक्ष्यमा जारी प्रेस विज्ञप्ति
 
विश्व मौसम संगठन स्थापना भएको दिनको स्मरणमा हरेक बर्ष मार्च २३ का दिन विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइने गरिन्छ। नेपालमा पनि हरेक वर्ष जल तथा मौसम विज्ञान विभागले विश्व मौसम संगठनले दिएको नारा अनुसार विभिन्न कार्यक्रम गर्दै यस दिनलाई मनाउँदै आईरहेकामा यस बर्ष “Corona Virus”  महामारीका कारण नेपाल सरकारको निर्णयानुसार सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जानकारी गराउंदछौं।
 
यस बर्षको “जलवायु र जल” भन्ने नारा मार्फत विश्व मौसम संगठनले जलस्रोतको स्थानिक र सामयिक विविधतामा जलवायुको प्रमुख भुमिका रहने तथा जलवायु परिवर्तनका कारण बाढी र खडेरीजन्य प्रकोपमा वृद्धि भई जलस्रोतमा पार्ने प्रभावलाई सबैले ध्यान दिनु पर्ने सन्देश दिएको छ। तसर्थ, यस संगठनले “हरेक थोपाको गणना, हरेक थोपाको महत्व” (Count Every Drop, Every Drop Counts) लाई मनन गर्न समेत आव्हान गरेको छ। यस आव्हानले पानीको तीनै स्वरुपहरु: वाष्प, जल र हिमको सही मापन गरी जलस्रोतको उचित संरक्षण र व्यवस्थापनमा जोड दिएको छ। जलस्रोत व्यवस्थापनका लागि यसको सही आंकलन जरुरी छ, जसका लागि जलवायु पूर्वानुमानलाई समेत भरपर्दो बनाउन अपरिहार्य छ। यसरी, जलवायु तथा जलको अमुघ सम्बन्ध रहेकोले विश्व मौसम दिवस तथा विश्व जल दिवस (मार्च २२) को यस बर्षको नारा एकै प्रकार हुनु निकै सान्दर्भिक देखिन्छ।

https://www.dhm.gov.np/uploads/getnotice/9782209wmo-day2020.pdf

नेपालको पहिलो मौसमी राडार केन्द्रको समुद्धघाटन सम्बन्धि प्रेस विज्ञप्ति Date:03-12-2019

प्रेस विज्ञप्ति

२०७६ मंसिर १७ मङ्गलवार

आज मिति २०७६ साल मंसिर १७ गते सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका, वडा नम्बर १३ रातानाङ्ग्लामा जल तथा मौसम विज्ञान विभाग द्वारा स्थापित नेपालकै पहिलो मौसमी राडार केन्द्रको माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन “अनन्त”ज्यू वाट समुद्धघाटन कार्यक्रम सम्पन्न भयो।

http://dhm.gov.np/uploads/getdown/1899962008press%20release_letter.pdf

Tornado Press Release Date:10-04-2019

प्रेस विज्ञप्ति

२०७५ चैत्र २७ बुधवार

मिति २०७५ साल चैत्र १७ गते आईतवार साँझ पूर्वी नेपालको बारा, पर्सा लगायतका जिल्लामा आएको भीषण हावाहुरी Tornado भएको प्रारम्भिक अध्ययनले देखाएको व्यहोरा जल तथा मौसम विज्ञान बिभागले २०७५ चैत्र २२ गते प्रेसविज्ञप्ति मार्फत जानकारी गराइ सकेको सबैलाई अवगत नै छ।

जल तथा मौसम विज्ञान बिभाग र द स्मल अर्थ नेपालको वैज्ञानिक टोलीलेसेन्टिनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिरको अध्ययन र सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा राखिएका प्रभाबित स्थलको तस्वीर,भिडियोलगायत सूचनाको अध्ययनबाट बिभाग उक्त निश्कर्षमा पुगेको थियो।

http://dhm.gov.np/uploads/getdown/1570628258dhm.pdf

Finnish Meteorological Institute development co-operation project continues in Nepal Date:15-09-2013

The Finnish Meteorological Institute will continue its successful co-operation with the Department of Hydrology and Meteorology of Nepal. The goal is to produce advanced weather services.

Photo: Irma Ylikangas

Photo: Irma Ylikangas

The Finnish Meteorological Institute (FMI) is continuing its co-operation, which got off to an excellent start, with the Department of Hydrology and Meteorology of Nepal (DHM) in a new FNEP2 project. The goal of the project is to improve Nepalese meteorological expertise and preparedness for natural disasters, which climate change is expected to increase in the future. The three-year project is an ICI (Institutional Cooperation Instrument) funded by the Finnish Ministry for Foreign Affairs. The project agreements were signed in the spring and summer, with the project launch slated for autumn of 2013.

http://en.ilmatieteenlaitos.fi/press-release/1204679

Weather and Climate Resilience (WMO NEWS) Date:01-09-2013

Effective preparedness through National Meteorological and Hydrological Services1

by David Rogers and Vladimir Tsirkunov of the World Bank

Faced with a growing risk of weather and climate related disasters that can set back economic and social development for years, the global community needs to act quickly to strengthen National Meteorological and Hydrological Services (NMHSs). This strengthening should be done in a way that transforms weak agencies – especially in the developing world – into robust professional agencies capable of delivering the right information to the right people at the right time. Although the price tag of modernizing and sustaining NMHSs will be considerable, the rewards for the country and its citizens will be much higher. The World Bank, working closely with WMO and other development partners, can help countries navigate this complex task in a timely, efficient manner.1

The need to serve more elaborate societal needs, minimize growing economic losses from natural hazards and help countries adapt to climate change is increasing the importance of weather, climate and water information. Weather, climate and water affect societies and economies through extreme events, such as tropical cyclones, floods, high winds, storm surges and prolonged droughts, and through high impact weather and climate events that affect demand for electricity and production capacity, planting and harvesting dates, managing construction, transportation networks and inventories, and human health.

More news on

http://www.wmo.int/pages/publications/bulletin_en/weather-and-climate-resilience_en.html

5,000 Nepalese affected by Uttarakhand flood Date:07-09-2013

The government says that some five thousand Nepalis were affected by the heavy downpour and the subsequent floods and landslides it triggered in Uttarakhanda of India on June 16 and 17.

The Ministry of Foreign Affairs stated that nearly five thousand Nepalis including those operating hotels and shops at Badrinath and Kedarnath and surrounding areas, those carrying the pilgrims to these places and those who reached there for pilgrimage were in these places at the time of the disaster.

A team that went to the flood-affected area from New Delhi last week for collecting information on the real situation of the Nepalis in the area gave out the information that five thousand Nepali citizens including three thousand 900 people who carried the pilgrims, 158 hotel operators and those operating small shops near the temples and nearby areas and those who reached there for paying homage from different pl;aces of Nepal, were present in Uttarakhand when the disaster struck, Foreign Ministry spokesman Deepak Dhital said.

Dhital said that according to the details collected by the team Nepalis incurred property loss of over four million Indian rupees due to the disaster. The Indian authorities informed the Nepali team that no Nepali was found involved in the looting of property and goods that took place in the flood-affected area, he added.

The Uttarakhand State officials suggested the team to collect the particulars of the pilgrims from all the 75 districts of Nepal, saying they didnot have the exact data regarding the number of Nepalis affected or displaced or killed, Ministry spokesman Dhital said, quoting the Nepalese Embassy in New Delhi, India.

Only 165 of the people who went on pilgrimage to Badri Kedar during that time have come into contact.

More than one thousand people were killed and an equal number were reported missing by the Indian media. The flood and landslide destroyed infrastructure including roads, buildings and bridges with investments of billions of rupees.
 
   
Published on 2013-09-07 18:30:59
http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=61002